कोशी अञ्चल अस्पतालको आइसोलेशनमा रहेका एक जनाको मृत्यु

कोशी अञ्चल अस्पतालको आइसोलेशनमा रहेका एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मोरङको कोशी अञ्चल अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका एक जनाको मृत्यु भएको छ । उदयपुरका ५५ वर्षका पुरुषको गए राति मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या, उच्च ज्वरोका साथै रुघाखोकीको समस्या भए पछि उनलाई विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । पछि त्यहाँबाट कोशी अञ्चल अस्पताल पठाइएका ती बिरामीको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको स्वाब सङ्कलन गरि कोरोना परीक्षणका लागि पठाइने तयारी भइरहेको छ । सोमबार विराटनगरका ७७ वर्षका पुरुषको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको थियो ।

Logo