स्वास्थ्य मन्त्रालयका एक चिकित्सक र उनका परिवारका चार जनालाई कोरोना

स्वास्थ्य मन्त्रालयका एक चिकित्सक र उनका परिवारका चार जनालाई कोरोना

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सकसहित उनको परिवारका चार सदस्यलाई कोरोना संक्रमण भएको छ। मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर (एचईओसी) मा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा, श्रीमती र एक वर्षीय छोरालाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङमा उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरिएको थियो । ३२ वर्षीय चिकित्सकसँगै उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा, २९ वर्षीया श्रीमती र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार उनीहरु तीनदिन अघि वीरगञ्जबाट काठमाडौं आएका थिए । काठमाडौं आएपछि उनीहरुले पाटन अस्पतालमा कोरोना परीक्षण गरे। कोरोना परीक्षण लगत्तै उनीहरु भक्तपुरस्थित घर पुगेर होम आइसोलेसनमा बसेको पाइएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।

‘वीरगञ्जबाट फर्केपछि पाटन अस्पतालमा कोरोना परीक्षण गरेको पाइएको छ’, उनले भने, ‘कोरोना परीक्षणपछि घरमा रहेका अन्य सदस्यहरुलाई आफन्तकोमा पठाएर उहाँहरु होम आइसोलेसनमा बसेको जानकारीमा आयो।’ प्रमुख मिजारका अनुसार उनीहरु काम विशेषले वीरगञ्ज पुगेका थिए। पछिल्लो समय वीरगञ्जमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ।अन्नपूर्णबाट

Logo