थपिए ४१८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २०,७५० पुग्यो

थपिए ४१८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २०,७५० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । आज ४१८ जना थपिएका छन् । आइतबार २४६ जना थपिएका थिए । शनिबार ३१५ जना थपिएका थिए । शुक्रबार २२४ जना थपिएका थिए । यस्तै विहिबार २७४ जना थपिएका थिए । अब सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ९६१ जना पुगेको छ । आज ३५८ जना निको भएका छन् । आइतबार १११ जना निको भएका थिए । शनिबार ९३ जना निको भएका थिए । शुक्रबार १५१ जना निको भएका थिए । यस्तै विहिबार २२७ जना निको भएका थिए । ७२ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५७ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo