झापाको अर्जुनधारामा ४ जनामा कोरोना संक्रमण पुष्टि

झापाको अर्जुनधारामा ४ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

झापा ।
झापाको अर्जुनधारा नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ३० जना र कन्ट्याक ट्रेसिङका ११ जनाको पाँच दिन अघि स्वाब संकलन गरिएको मध्ये ४ जनामा कोरोना पुष्टि भएको हो ।

पोजेटिभ आएका सबै पुरुष हुन् । उनीहरु मलेसिया, कतार र भारतबाट आएका नागरिक भएको बताइएको छ ।

यसअघि सो नगरपालिकामा क्वारेन्टाइनमा रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा उनीहरु सबै उपचारपछि निको भइ घर फर्किसकेका छन् ।

संक्रमणको जोखिम उच्च रहेपछि नगरपालिकामा लकडाउन गरिएको छ ।

Logo