‘सरकारले तत्काल तीन हप्ताका लागि कर्फ्युसहित लकडाउन गर्नु पर्छ’ : डा. प्रेम ज्ञवाली

‘सरकारले तत्काल तीन हप्ताका लागि कर्फ्युसहित लकडाउन गर्नु पर्छ’ : डा. प्रेम ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्ने डा.प्रेम ज्ञवालीले कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको भन्दै यदि समयमै उचित निर्णय नलिइएमा मुलुकले भयावह अवस्था भोग्नु पर्ने बताएका छन् ।

उनले सरकारले ७७ जिल्लामा २१ दिनसम्म कर्फ्युसहितको लकडाउन गरी भारतीय सीमा पूर्णरुपमा बन्द गर्न आग्रह गर्दै यस्तो गर्न नसकेमा कोरोनाबाट मुत्यु हुनेहरुको लास उठाएर नभ्याउने बताएका छन् । यो विषम परिस्थितीको अवस्थामा व्यक्ति र मानव अधिकार भन्ने कुरा हुदैन र नेपालीलाई लकडाउनले पनि काम नगर्ने उनले बताएका छन् ।

नेपालमा कोरोना भाइरस पछिल्लो दुई सातादेखि निरन्तर रुपमा दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते देखि साउन ७ गतेसम्म १२० दिन लामो लकडाउन गरेको थियो । तर सरकारले लकडाउनलाई दुई साता अगाडिबाट अन्त्य गरेको छ । लकडाउन अन्त्य भएसँगै उपत्यका लगायत देशभर मानिसहरुको जनजीवन सामान्य अवस्थाको जस्तै बन्दै गएको छ । उपत्यकाका विभिन्न बजार क्षेत्रमा मानिसहरुको भिडभाड अत्यधिक रुपमा बढ्दै गएको छ । सरकारले आर्थिक गतिविधि चलायनमान बनाउनका लागि व्यापार व्यवसाय सञ्चालन भएका छन् भने सार्वजनिक यातायात समेत अन्तरजिल्ला भित्र सञ्चालनमा आएका छन् ।

यसरी सबै क्षेत्र सञ्चालन भए पश्चात कोरोना भाइरस पनि बढ्दै गएको छ । नेपालीहरुले सरकारले बनाएका मापदण्ड कुनै पनि नमानेका कारण पनि थप जोखिम बढ्को डा.प्रेम ज्ञवालीले बताएका छन् । उनले सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको पनि बताएका छन् । उनले पछिल्लो समय नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमण भयावह भइरहेको अवस्थामा सिमाना शिल नगर्नु नै नेपालमा कोरोना भित्रिनुको मूख्य कारण बताए ।

अहिले सरकारले समुदायमा कोरोना भाइरस फैलिएको छैन भने पनि विभिन्न अध्ययन गर्दा समुदायमा कोरोना फैलिएको छ । त्यसैले अब यो अवस्थालाई सामान्य बनाउनका लागि सरकारले फेरि पूर्ण कर्फ्युसहितको तीन हप्तासम्म लकडाउन गर्नु पर्ने ज्ञवालीले बताएका छन् । उनले अबको अन्तिम विकल्प भने कै कर्फ्युसहितको लकडाउनु रहेको बताएका छन् ।

अहिले भारतको पश्चिम बङ्गाल र उत्तर प्रदेशसँग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परी विराटनगर, इटहरी, कपिलबस्तु, कैलाली, बझाङ्ग, दैलेख लगायत जिल्लाहरुमा पनि सर्दै आएको छ । अहिले दर्जनौं जिल्लाहरुमा संक्रमण व्यापक रुपमा देखा परेको छ ।

अहिले यी संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्यकामा लाखौँ व्यक्ति भित्रिएका छन् । यसरी उपत्यका लगायत भारतबाट नेपाल भित्रिने मानिसहरुलाई पूर्ण रुपमा बन्द गर्नु जरुरी रहेको छ । अहिले भारतबाट खुल्ला रुपमा नेपाल भित्रि रहेकाले थप जाखिम बढेको हो ।

अहिले कोरोनाले गम्भिर रुप लिने अवस्था आएको छ । मास्क नलगाइ हिड्ने मानिसहरुलाई उचित कानुन समेत बनाएर नियमलाई अनिवार्य पालनाको वातावरण बनाउन जरुरी रहेको छ । उनले मास्क लगाउने, दूरी कायम गर्ने, स्वास्थ्य सुरक्षा सावधानी अपनाउने हो भने सङ्क्रमणको दर कम हुने भएकाले यसका लागि सबै पक्ष सचेत हुनु पर्ने बताएका छन् ।

मास्क नलगाउनेलाई अहिले प्रहरी तथा जिल्ला प्रशासनबाट समेत जरिवाना गराउने काम पनि भइरहेको छ । तर पनि उपत्यकाका सडकमा मास्कको प्रयोग नगरी हिड्नेको भिड रहेको छ । यसले गर्दा अरुलाई सर्ने खतरा बढेको छ ।

हरेक काम गर्दा सामाजिक दुरीलाई प्रमुख प्राथमिकतालाई ध्यान दिनु पर्छ । पछिल्लो समय सामाजिक दुरी पनि कायम हुन छोडेको छ । कोरोना छैन भन्ने भ्रम मानिसहरुमा परेकाले यस्तो हुदै गएको छ । यसले हामी सबैलाई हानी गर्छ । अहिले सेनिटाइजर पनि लगाउन छोडिएको छ । त्यसैले अब यसलाई पनि नियम पूर्वक पालना गर्नु पर्छ । यी तीन कुरालाई प्राथमिकता राखेमा कोरोना समुदायमा फैलिए पनि खतरा कम हुन्छ । अहिले अन्य बहस गर्ने भन्दा पनि मानिसहरुलाई कोरोना संक्रमणबाट बचाउनु रहेको छ । त्यसैले अहिले कोरोना परीक्षण धेरै गरेर पनि हुनेवाला केही छैन । कोभिड–१९ का नियमलाई पूर्णरुपमा पालना गराएर, सीमा नाका पूर्णरुपमा बन्द गरेर तथा कर्फ्यु नै जारी गरेर अबको अवस्था अनुसार परीक्षण पनि बढाउदै जानुको विकल्प छैन । नेपालीहरुले लकडाउनले मात्रै नमान्ने भएकाले अब कर्फ्यु जारी अन्तिम विकल्प रहेको छ ।

 

Logo