थपिए २४६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २०,३३२ पुग्यो

थपिए २४६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २०,३३२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । आज २४६ जना थपिएका छन् । शनिबार ३१५ जना थपिएका थिए । शुक्रबार २२४ जना थपिएका थिए । विहिबार २७४ जना थपिएका थिए । यस्तै बुधबार २१० जना थपिएका थिए । आज ८ हजार ८६१ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ६०३ जना पुगेको छ । आज १११ जना निको भएका छन् । शनिबार ९३ जना निको भएका थिए । शुक्रबार १५१ जना निको भएका थिए । विहिबार २२७ जना निको भएका थिए । यस्तै बुधबार १४६ जना निको भएका थिए । ७२ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५७ पुगेको छ । आज वीरगंजमा १ जनाको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo