दुई जना ट्राफिकमा कोरोना भएपछि बग्गीखाना पूर्णरुपमा सिल, ३७५ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

दुई जना ट्राफिकमा कोरोना भएपछि बग्गीखाना पूर्णरुपमा सिल, ३७५ ट्राफिक प्रहरी क्वारेन्टाइनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ । एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना ट्राफिकलाई क्वारेन्टिनमा राखिएको महाशाखाले जनाएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका दुई जनालाई भने उपचारको लागि अस्पतालमा पठाइएको छ । महाशाखाका अनुसार एसएसपी ढकालसहित ३७५ जना ब्यारेक भित्र नै क्वारेन्टाइनमा रहेको र अहिले महाशाखा पूर्णरुपमा बन्द रहेको छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न पूर्ण बन्देज लगाइएको छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटिएका छन् ।

Logo