वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण, ४५ नयाँ संक्रमित थपिए

वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण, ४५ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा।

पर्सामा शनिबार राति ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको नारायणी अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । शुक्रबार राति पनि पर्सामा एक सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

Logo