विराटनगरमा आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह

विराटनगरमा आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ ।

केही दिन यता चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएकाले सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लीनिकमा आकस्मिक सेवाबाहेकका अन्य सेवाहरु बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत विरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन् । प्रदेश र विराटनगरमा सङ्क्रमणको स्रोतको पहिचान नहुने अवस्थाले समुदायसम्म फैलिएको पुष्टि भएकाले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न पनि उहाँले सबैसँग आग्रह गरेका छन् ।रासस

Logo