वीरगंजमा कोरोनाबाट आज थप २ जनाको मृत्यु

वीरगंजमा कोरोनाबाट आज थप २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पर्सा।

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

आज वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएकी वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो।

ती महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । आजै पर्सामा अर्का एक जना महिलाको पनि मृत्युपछि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

पछिल्लो २ हप्ता यता वीरगंजमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । शुक्रबार मात्रै यहाँ ३ जनाको मृत्यु भएको थियो ।

Logo