थपिए ३१५ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

थपिए ३१५ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । आज ३१५ जना थपिएका छन् ।शुक्रबार २२४ जना थपिएका थिए । विहिबार २७४ जना थपिएका थिए । बुधबार २१० जना थपिएका थिए । यस्तै मंगलबार ३११ थपिएका थिए । आज ६ हजार ९९३ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेको छ । आज ९३ जना निको भएका छन् । शुक्रबार १५१ जना निको भएका थिए । विहिबार २२७ जना निको भएका थिए । बुधबार १४६ जना निको भएका थिए । यस्तै मंगलबार १२१ जना निको भएका थिए । ७२.१ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo