काठमाडौं उपत्यकामा कूल संक्रमितकाे संख्या कति ?

काठमाडौं उपत्यकामा कूल संक्रमितकाे संख्या कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा शुक्रबार ३८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३२, भक्तपुरमा १ र ललितपुरमा ५ जना रहेका छन् । विहिबार पनि यहाँ ४८ जना थपिएका थिए ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५७७ पुगेको छ । जसमा काठमाडौंमा ४२३ जना, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । शुक्रबार ४ जना थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या कूल संख्या १९ हजार ७७१ पुगेको भने निकाे हुनेकाे संख्या १४ हजार ३९९ पुगेकाे छ ।

Logo