दाँत दुख्ने समस्या छ ? बेवास्ता नगर्नुस् है, संक्रमण फैलिन सक्छ !

दाँत दुख्ने समस्या छ ? बेवास्ता नगर्नुस् है, संक्रमण फैलिन सक्छ !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यदि तपाईंको दाँत दुख्ने समस्या छ भने, यसलाई बेवास्ता नगर्नुहोस् । यो यस्तो संक्रमण हुन सक्छ जुन बढेर दिमागसम्मै पुग्न सक्छ । बेलायतमा यस्तै प्रकारको घटना देखिएको छ ।

३५ वर्षीया रेबेका डल्टनलाई हिंड्न गाह्रो भएको थियो र बिस्तारै मेमोरी घट्दै गएपछि उनलाई अस्पताल लगिएको थियो । परीक्षणमा, मस्तिष्कमा एउटा ब्याक्टेरियाको संक्रमण देखियो । डाक्टरहरूले पनि उनी बाँच्न सक्ने आशा मारिसकेका थिए । रेबेकाले लगातार ५ महिना अस्पतालमा बिताउनु प¥यो । डिस्चार्ज भएपछि, उनले भनिन् , “मैले नयाँ सन्देश पाएकी छु, यो शिक्षाले तपाईले केही पनि कुरा हल्का रुपमा लिन सक्नु हुन्न भनेर सिकाउँदछ ।

दाँतको उपचारपछि हिडडुल गर्न कठिनाई, मेमोरी घट्यो

रेबेकाको उपचार गर्ने डाक्टरका अनुसार डिसेम्बर २०१९ मा उनको दाँतमा एउटा ब्याक्टेरिया संक्रमण भएको थियो । जसलाई उनले धेरै पटक बेवास्ता गरीन् । तर यही ब्याक्टेरिया दाँतको माध्यमबाट दिमागसम्मै पुग्यो । मार्चमा दाँतको समस्याहरूको उपचार गरियो । तर केहि दिन पछि समस्या शुरू भयो जब रिबेकालाई हिडडुल गर्न नै कठीनाई भयो । र स्मरणशक्ति कमजोर हुदै गयो ।

डाक्टरहरूका अनुसार उनको अनुसन्धान रिपोर्टबाट ब्याक्टेरियाको संक्रमण दिमागमा पुगेको देखियो । अनुसन्धान रिपोर्टमा यसको प्रभाव हृदय र कलेजोमा समेत देखियो । उनले आफ्नो हिडडुल गर्ने क्षमता गुमाइसकेकी थिइन् । डाक्टरहरूले रेबेकाको मामला रोयल इन्फर्मरीको न्यूरोलोजी विभागमा ट्रान्सफर गरे । बाँच्न सक्ने सम्भावना एकदमै न्युन रहेको थियो ।

कोरोनाका १२ रिपोर्टहरू नेगेटिभ आयो, ३० किलो सम्म वजन घट्यो

रेबेकाको उपचार कोरोना बिरामीहरु बीच भइरहेको थियो तर उनको १२ पटकसम्म परीक्षण गरियो र सबै रिपोर्ट नेगेटिभ आए । उनी लगातार ५ महीनाको उपचार पछि पुनः निको भइन् । उनलाई पछिल्लो हप्ता डिस्चार्ज गरिएको छ र उनको वजन लगभग ३० किलोले घटेको छ ।

सानो कुरालाई पनि बेवास्ता गर्न नहुने शिक्षा

रेबेका चार सन्तानकी आमा हुन् । उपचारको क्रममा उनले यसलाई एक झट्काको रुपमा पाइन् । यसबाट निको हुन एकदम गाह्रो भयो । उनी भन्छिन् मैले नयाँ परिप्रेक्ष्य र नयाँ सिकाई पाएको छु की केहि कुरालाई पनि हलुका रूपमा लिनु हुदैन । आफूले सोचेको सबैभन्दा सानो कुराले पनि जीवनलाई जोखिममा पार्न सक्छ ।

Logo