एकै दिन ४ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६

एकै दिन ४ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आज ४ जना थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । आज २२४ जना थपिएका छन् । विहिबार २७४ जना थपिएका थिए । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । यस्तै सोमबार १३९ जना थपिएका थिए । १० हजार ७६८ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५,३१६ बाँकी छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेको छ । आज १५१ जना निको भएका छन् । विहिबार २२७ जना निको भएका थिए । बुधबार १४६ जना निको भएका थिए । यस्तै मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । ७२.८ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo