कोरोनाका कारण वीरगन्जमा थप एक जनाको मृत्यु

कोरोनाका कारण वीरगन्जमा थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

वीरगन्जमा कोरोनाका कारण विहिबार थप १ जनाको मृत्यु भएको छ। गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको गए राति ११ बजे मृत्यु भएको हो ।

उनी वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजका सिइओ (प्रमुख कार्यकारी अधिकृत) भएको समेत पुष्टि भएको छ ।

मुटु रोगी रहेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि ७ गते गण्डकस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

वीरगन्जमै बिहीबार अरु २ जना संक्रमितको पनि मृत्यु भएको थियो। यहाँ एकै दिन ३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै वीरगन्जमा अब कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ। पछिल्ला दिनहरुमा वीरगन्जमा कोरोना संक्रमण बढ्दै गएको छ । यहाँका मेयरमा समेत कोरोना पुष्टि भएको छ ।

Logo