यी ५ तरिकाले खानामा अधिक नुनको प्रयोगबाट बच्न सकिन्छ

यी ५ तरिकाले खानामा अधिक नुनको प्रयोगबाट बच्न सकिन्छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नुन संसारका प्रत्येक देशको भान्छाको अभिन्न हिस्सा हो । नुनले हाम्रो शरीरलाई संचालित राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ । तर आजको हाम्रो आधुनिक आनीबानीले खानेकुरामार्फत खाइने अतिरिक्त नुनबाट बिभिन्न रोगले आक्रमण गर्न सक्दछ ।

डाक्टरहरू र विज्ञहरूका अनुसार प्रशोधित खाना खानु नै बढी नून खाँदाबाट बच्ने सब भन्दा सजिलो तरीका हो । यसमा घरेलु खाना सबैभन्दा उत्तम हो जहाँ हामी नुनलाई हाम्रो आवश्यकता र रोगको इतिहासका अनुसार नियन्त्रण गर्न सक्छौं ।

अतिरिक्त सोडियम सेवनबाट बच्नका लागि के के गर्न सकिन्छ त ?

१. अतिरिक्त नुन थपिएका खाद्य पदार्थहरु खरीद गर्दा विशेष ध्यान दिनुहोस् । सकभर यस्ता खानेकुरा खरीद गर्नबाट बच्नुहोस् । मानक प्यान्ट्री सामग्रीमा सोडियम हुन सक्छ, जसको बारेमा तपाईंलाई लेबलहरू जाँच नगरेसम्म तपाईंलाई थाहा नहुन सक्छ । त्यस्ता पदार्थहरुमा प्याक गरिएका डाइटिङ टमाटर, स्टक गरिएका तरकारीहरु तथा अन्य प्याकिङ सामग्रीहरु हुन सक्छन् ।

२. स्टोरमा किनिएका प्याकिङ तथा डब्बामा बन्द रहेका मटर, चना जस्ता पदार्थ खानु अघि धुने अथवा हातले रगडेर खाने गरेमा लाभदायक हुन्छ । यस्तो गर्नाले सोडियम यानी थप नुनको मात्रालाई लगभग १०० मिलीग्राम प्रति १,२ कप अर्थात २५ प्रतिशत अतिरिक्त नुनबाट छुटकारा मिल्न सक्दछ ।

३. यस्ता खाद्य पदार्थको मात्र सेवन गर्नुहोस् , जसमा एडेड साल्ट वा नुनको मात्रा कम होस् । यसमा सबैभन्दा राम्रो उदाहरण हो सोया सस, यसमा प्रति चम्चा ४६० मिलीग्राम सोडियम समावेश हुन्छ । जबकी अन्य सामान उत्पादनमा सोया ससको मात्रा प्रतिचम्चा ९६० मिलिग्राम हुने गर्दछ ।

४.किचनमा प्रयोग गर्नका लागि आफै प्रेस्टी आइटम बनाउनुहोस् । यदि तपाईले केही खानामा सोडीयमको मात्रालाई नियन्त्रण गर्न वा त्यसलाई शुन्यमा झार्न चाहानुहुन्छ भने तपाईं आफैले सस, अचार, केचअप बनाउन सक्नु हुन्छ ।

५. आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै बुद्धिमानीपूर्वक नुनको उपयोग गर्नुहोस् । नुनको कम उपयोग गर्नुको मतलब नुनको प्रयोग नै नगर्नु भन्ने भने होइन । तर, नुनलाई सहि मात्रामा, सही समयमा खान सकेमा मात्र यो स्वास्थ्यवर्धक हुन सक्छ । झोलिलो खानेकुरामा नुन हालेर त्यसलाई पकाउनु वा उमाल्नुपूर्व नुनलाई प्रोसेस्ड गर्नुहोस् यसले थप नुनको सेवनबाट बचाउँदछ ।

Logo