काठमाडौं उपत्यकामा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा ४१, भक्तपुरमा ५ जना र ललितपुरमा २ जना छन् । बुधबार १५ जना र मंगलबार ५३ जना थपिएका थिए ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३९ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५६ जना रहेका छन् ।

बुधवार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । आज पर्साका २ र मोरङका १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । आज २७४ जना थपिएका छन् । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । यस्तै आइतबार १३० जना थपिएका थिए । आज ६ हजार ३०४ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ । आज २२७ जना निको भएका छन् । बुधबार १४६ जना निको भएका थिए । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । यस्तै आइतबार ७५ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ५२ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo