सरकारले कोरोना उपचार गर्ने संस्थालाई १५ हजारसम्म अनुदान दिने

सरकारले कोरोना उपचार गर्ने संस्थालाई १५ हजारसम्म अनुदान दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले अस्पताल वा घरमा रहेका कोरोना बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई आर्थिक अनुदान दिने भएको छ।

सरकारले कोरोना भाइरसको संक्रमणको उपचार वापत अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराउने ०७७ स्वीकृत गरी शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारबापत अस्पताल मार्फत रकम उपलब्ध गराउने भएको हो ।

लक्षण नभएका वा सामान्य लक्षण भएका विरामीका लागि घरमा स्वास्थ्यकर्मीले निगरानी गर्दा लाग्ने खर्च प्रतिदिन प्रतिब्यक्ति २ सय रुपैयाँ उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
उनले भने, लक्षण नभएका वा सामान्य लक्षण भएका आइसोलेसन केन्द्रमा बस्ने विरामीहरु भएमा सम्बन्धित संस्थालाई २ हजार दिइनेछ ।

सामान्य लक्षण भएका ६० बर्ष माथिका जेष्ठ नागरिकहरु दीर्घरोगीहरु तथा अन्य स्वास्थ्य समस्या भएकाहरुको ब्यवस्थापन गर्ने अस्पतालका लागि प्रतिदिन प्रतिब्यक्ति ३५ सय रुपैयाँ दिने पनि गौतमले जानकारी दिए । मध्यम जटिल बिरामीहरुको उपचारको ब्यवस्थापन गर्ने अस्पतालका लागि प्रतिदिन प्रतिब्यक्ति अस्पताललाई ७ हजार रुपैयाँ उपलब्ध गराउने उनको भनाइ छ।

जटिल र क्रिटिकल बिरामी ब्यवस्थापन गर्ने अस्पतालका लागि प्रतिदिन प्रतिब्यक्ति १५ हजार रुपैयाँ दिने उनले प्रष्ट पारे।

Logo