काठमाडौं उपत्यकामा आज १५ जना नयाँ संक्रमित

काठमाडौं उपत्यकामा आज १५ जना नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा १४ र भक्तपुरमा १ जना छन् । मंगलबार ५३ जना थपिएका थिए ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ । जसमा काठमाडौंमा ३५० जना, ललितपुरमा ९० र भक्तपुरमा ५१ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । आज २१० जना थपिएका छन् । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । आइतबार १३० जना थपिएका थिए । यस्तै शनिबार १०९ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १४ हजार २१ जना पुगेको छ । आज १४६ जना निको भएका छन् । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । आइतबार ७५ जना निको भएका थिए । यस्तै शनिबार १०६ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo