पर्सामा आज ३४ जनामा कोरोना संक्रमण

पर्सामा आज ३४ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

वीरगन्जमा आज थप ३४ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालका अनुसार संक्रमितहरु २ वर्ष उमेरदेखि ६५ वर्ष सम्मका छन् । नयाँ संक्रमितमा नेपाली सेनाका एकजना, नेपाल प्रहरीका तीन जना र कैदीबन्दी ६ जना पनि छन् ।

पर्सामा हालसम्म तीन सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Logo