प्रजनन अंगको क्यान्सर : कारण, लक्षण र उपचार (भिडियाेसहित)

प्रजनन अंगको क्यान्सर : कारण, लक्षण र उपचार (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महिलाको कुनै पनि प्रजनन् अंगका कोषिकाहरु अस्वाभाविक रुपमा बृद्धि हुनुलाई नै महिला प्रजनन् अंगको क्यान्सर भनिन्छ । जस्तै, पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर, योनीको क्यान्सर, भ्रुणसँग सम्बन्धित क्यान्सर आदि ।

महिला प्रजनन् अंग क्यान्सरबाट बच्न र सुरुको अवस्थामा पत्ता लगाउन नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नु पर्दछ र यस क्यान्सरसँग सम्बन्धित लक्षणहरु थाहा पाउनु आवश्यक छ ।

सुरुको अवस्थामा क्यान्सर पत्ता लागे पूर्णरुपमा निको पनि हुन सक्छ । पाठेघरको परीक्षणबाट पाठेघरको मुखको क्यान्सर १० देखि १२ वर्ष अगाडि नै थाहा पाउन सकिन्छ ।

सबै महिला प्रजनन अंगको क्यान्सरका लक्षण सुरुमै नदेखिए तापनि प्रायको लक्षण सुरुमै देखा पर्ने हुनाले यसलाई बेवास्ता नगरी समयमै सचेत भएर परीक्षण गरिएमा पूर्णरुपमा निको हुन सकिन्छ । त्यस्तै जीवनशैलीमा पनि परिर्वतन गर्नु पर्दछ ।

नियमित रुपमा व्यायाम गर्ने, स्वास्थ्य खानेकुराहरु खाने, समयभन्दा अगाडि र धेरै बच्चा नजन्माउने, धेरै जनासँग यौन सम्पर्क नराख्ने र परिवार नियोजनका अस्थायी चक्कीहरु लामो समयसम्म प्रयोग नगरे प्रजनन् क्यान्सरबाट बच्न सकिन्छ ।

हामीले यस पटक महिला स्वास्थ्यसँग सम्बन्धित रहेर रिपोर्ट बनाएका छौं । हेरौं यो भिडियोमा :

 

 

Logo