वीरगन्जमा आज १५ जनामा कोरोना पोजेटिभ देखियो

वीरगन्जमा आज १५ जनामा कोरोना पोजेटिभ देखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा १३ जना पर्सा जिल्लाका, एक जना बारा र एक जना इलामका रहेका छन् छन् ।

संक्रमित हुनेमा पर्साका एक जना थुनुवा पनि भएको पाइएको छ। आज देखिएका संक्रमित मध्ये २३ देखि ५६ वर्ष उमेरसमूहका छन् ।

वीरगन्जमा पछिल्लो पटक संक्रमित दर उच्च देखिएको छ । यहाँ हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले ४ दिनदेखि निशेधाज्ञा जारी गरेको छ ।

Logo