महाबौद्धका व्यापारीमा कोरोना देखिएपछि वडा कार्यालयको सार्वजनिक सूचना

महाबौद्धका व्यापारीमा कोरोना देखिएपछि वडा कार्यालयको सार्वजनिक सूचना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण सार्वजनिक सूचना जारी गरेको हो । वडाध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘‘भारत घर भइ गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका २ जनामा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध ।’’

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । सरकारले साउन ७ गतेबाट लकडाउन खोलेको छ । अहिले सार्वजनिक सवारी समेत सञ्चालनमा आएका छन् । संक्रमणको जोखिमकाबीच लकडाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ । १३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Logo