हालसम्म २८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

हालसम्म २८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण, २३० जना डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।

सरकारले स्वास्थ्यकर्मीपछि सुरक्षा अंगलाई कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटाएकामा सुरक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।

जस अनुसार तीनवटै सुरक्षा अंगका गरी हालसम्म २ सय ३० जना सुरक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि निको भएर नियमित काममा फर्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरू मध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्युटीमा फर्किसकेका छन् । बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।’ सैनिक प्रवक्ता पौड्यालले भने । यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नियमित ड्युटीमा फर्किएका छन् ।

उता सशस्त्र प्रहरी बलतर्फ हालसम्म ८६ जनामा संक्रमण पुष्टि भएकामा ६५ जना उपचारपछि काममा फर्किएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार ६५ जना उपचारपछि निको भएर काममा फर्किएका छन् भने २१ जना उपचारकै क्रममा छन् ।
राजधानीबाट

Logo