थपिए १०९ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १८,४८३ पुग्यो

थपिए १०९ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १८,४८३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।आज १०९ जना थपिएका छन् । शुक्रबार १३३ जना थपिएका थिए । विहिबार १४७ जना थपिएका थिए । बुधबार १०० जना थपिएका थिए । मंगलबार १५० जना थपिएका थिए । ४,०७५ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १३ हजार ५३ जना पुगेको छ । आज १०६ जना निको भएका छन् । शुक्रबार १०७ जना निको भएका थिए । विहिबार १५६ जना निको भएका थिए । बुधबार २०७ जना निको भएका थिए । मंगलबार ६०९ जना निको भएका थिए । ७०.६ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाराकी एक जना १७ वर्षिया युवतीको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo