को हुन् नेपालमा कोरोनाबाट मृत्यु भएका ४४ औं व्यक्ति ?

को हुन् नेपालमा कोरोनाबाट मृत्यु भएका ४४ औं व्यक्ति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित थिइन् । कोभिड पोेजेटिभ देखिएपछि ८ गते अस्पताल भर्ना भएकी वृद्धको आज निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा काठमाडौं उपत्यकाका मात्रै १० जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ । शुक्रबार थप १ सय ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । शुक्रबार ३ हजार ९ सय ८७ पिसिआर परीक्षण भएका छन् ।

Logo