आज थपिए १३३ नयाँ संक्रमित, कूल संक्रमितको संख्या १८,३७४ पुग्यो

आज थपिए १३३ नयाँ संक्रमित, कूल संक्रमितको संख्या १८,३७४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।आज १३३ जना थपिएका छन् । विहिबार १४७ जना थपिएका थिए । बुधबार १०० जना थपिएका थिए । मंगलबार १५० जना थपिएका थिए । सोमबार १८६ थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १२ हजार ९४७ जना पुगेको छ । आज १०७ जना निको भएका छन् । विहिबार १५६ जना निको भएका थिए । बुधबार २०७ जना निको भएका थिए । मंगलबार ६०९ जना निको भएका थिए । सोमबार १७३ जना निको भएका थिए । ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आज वीरगन्जका ८५ वर्षिया महिलाकाे मृत्यु भएकाे छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo