स्तन क्यान्सर के हो ? यसबाट कसरी बच्न सकिन्छ ? (भिडियोसहित)

स्तन क्यान्सर के हो ? यसबाट कसरी बच्न सकिन्छ ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य र आनन्ददायी जीवन सबैको चाहना हो । तर, क्यान्सर जस्तो भयानक रोगका कारण मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । सयौँ प्रकारका क्यान्सरहरुमध्येको स्तन क्यान्सर धेरैलाई लाग्ने प्राणघातक रोग हो ।

यो महिलालाई मात्र नभई पुरुषलाई पनि लाग्न सक्छ । तर, पुरुषमा यो रोग निकै कम लाग्दछ । नेपाल जस्तो अल्पविकसित मुलुकमा यस्ता आन्तरिक रोगबारे महिलाहरु खुलेर चर्चा नगर्ने, लाज मान्ने, समाजसँग डराउने, चेतनाको कमी र रोगको बारेमा जानकारी नहुनु आदि प्रवृत्तिका कारण रोगले ठूलो रुप लिईसकेपछि मात्र उपचारको लागि अस्पताल धाउने चलन छ । नेपालमा करिब ५० हजारभन्दा बढी महिलाहरु यस रोगबाट ग्रसित भएका छन् ।

यदि स्तन क्यान्सरको लक्षणलाई चिन्न सक्ने हो भने प्रारम्भिक चरणमा नै यसको रोकथाम गर्न सकिन्छ । त्यसैले यसको लक्षण समयमा नै पहिचान गर्न अत्यन्त जरुरी छ । शरीरको कुनै पनि अंगमा हुने कोशिका अनियन्त्रित रुपमा बढ्नु नै क्यान्सरको प्रमुख कारण हो । शरिरको आवश्यकताअनुसार कोशिकाहरु विभाजित हुन्छन् । तर, यदि कोशिकाहरु लगातार बढिरहे भने यसले क्यान्सरको रुप लिन सक्छ । त्यस्तै, स्तनका कोशिकाहरु अनियन्त्रित रुपमा बढ्नु स्तन क्यान्सरको मुख्य कारण हो । अनियन्त्रित रुपमा कोशिकाहरु बढेर जम्मा भएपछि गाँठोको रुप लिन्छ । यसलाई क्यान्सरको ट्युमर पनि भनिन्छ ।

सन्तान नजन्माउनु अथवा उमेर ढल्किसकेपछि सन्तान जन्माएर पनि स्तनपान नगराउने महिलाहरूलाई स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । जुन महिलाको महिनावारी छिटो वा सानो उमेरदेखि नै सुरु भएको हुन्छ र महिनावारी लामो समयपछि मात्र सकिन्छ, त्यस्तै जेनेटिक अथवा आनुवंशिक कारण पनि महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।

६ महिना वा एक वर्षमा स्तन क्यान्सर विशेषज्ञ कहाँ गएर जाँच गराउँदा स्तन क्यान्सरको जोखिम कम गर्न सकिन्छ । म्यानोग्राम भनिने एक विशेष प्रकारको एक्सरेले स्तन क्यान्सर भएको सुरुको अवस्था पत्ता लगाउँछ । ४० वर्ष उमेर पुगेका महिलाहरूले वर्षको एक पटक म्यानोग्राम जाँच गर्यो भने स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ । यदि परिवारमा कसैलाई क्यान्सर भएको छ भने त्यस्ता व्यक्तिले सानै उमेरमा वा समयमै म्यानोग्राम गर्नु राम्रो हुन्छ । वंशानुगत हुने हुनाले समयमा नै उपचार गरे जोगिन सकिन्छ ।

पूरा भिडियाे:

Logo