काठमाडौं उपत्यकामा ७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ७ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा ७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३, भक्तपुरमा २ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । अब उपत्यकामा संक्रमितको कूल संख्या ३९० पुगेको छ । जसमा काठमाडौंमा २६१ जना, ललितपुरमा ८० र भक्तपुरमा ४९ जना रहेका छन् ।

यसैगरि नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । आज १४७ जना थपिएका छन् । बुधबार १०० जना थपिएका थिए । मंगलबार १५० जना थपिएका थिए । सोमबार १८६ थपिएका थिए । आइतबार १५६ जना थपिएका थिए । आज ३,४८१ जनाको परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १२ हजार ८४० जना पुगेको छ । आज १५६ जना निको भएका छन् । बुधबार २०७ जना निको भएका थिए । मंगलबार ६०९ जना निको भएका थिए । सोमबार १७३ जना निको भएका थिए । आइतबार ५८ जना निको भएका थिए । ७० प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४३ पुगेको छ । वीरगंजमा आज ७० वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo