आज थपिए १४७ नयाँ संक्रमित, कूल संक्रमितको संख्या १८,२४१ पुग्यो

आज थपिए १४७ नयाँ संक्रमित, कूल संक्रमितको संख्या १८,२४१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।आज १४७ जना थपिएका छन् । बुधबार १०० जना थपिएका थिए । मंगलबार १५० जना थपिएका थिए । सोमबार १८६ थपिएका थिए । आइतबार १५६ जना थपिएका थिए । आज ३,४८१ जनाको परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १२ हजार ८४० जना पुगेको छ । आज  १५६ जना निको भएका छन् । बुधबार २०७ जना निको भएका थिए । मंगलबार ६०९ जना निको भएका थिए । सोमबार १७३ जना निको भएका थिए । आइतबार ५८ जना निको भएका थिए । ७० प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo