नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । आज १०० जना थपिएका छन् । यो सँगै कूल संक्रमित संख्या १८ हजार ९४ पुगेको छ । मंगलबार १५० जना थपिएका थिए । सोमबार १८६ थपिएका थिए । आइतबार १५६ जना थपिएका थिए । शनिबार ५७ जना थपिएका थिए । आज ३, ७७९ जनाको परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १२ हजार ६८४ जना पुगेको छ । आज २०७ जना निको भएका छन् । मंगलबार ६०९ जना निको भएका थिए । सोमबार १७३ जना निको भएका थिए । आइतबार ५८ जना निको भएका थिए । शनिबार १०३ जना निको भएका थिए । ७० प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo