थपिए १५० जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,९९४ पुग्यो

थपिए १५० जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,९९४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । आज १५० जना थपिएका छन् । सोमबार १८६ थपिएका थिए । आइतबार १५६ जना थपिएका थिए । शनिबार ५७ जना थपिएका थिए । शुक्रबार १०१ जना थपिएका थिए । आज ३, ९६३ जनाको परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १२ हजार ४७७ जना पुगेको छ । आज ६०९ जना निको भएका छन् । सोमबार १७३ जना निको भएका थिए । आइतबार ५८ जना निको भएका थिए । शनिबार १०३ जना निको भएका थिए । शुक्रबार २८५ जना निको भएका थिए । ६९ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ८ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo