थपिए १५६ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,६५८ पुग्यो

थपिए १५६ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,६५८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । आज १५६ जना थपिएका छन् । शनिबार ५७ जना थपिएका थिए । शुक्रबार १०१ जना थपिएका थिए । विहिबार १६७ जना थपिएका थिए । बुधबार ११६ जना थपिएका थिए । २४ घण्टामा ३ हजार ७४१ जनाको पीसीआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या ११ हजार ६९५ जना पुगेको छ । आज ५८ जना निको भएका छन् । शनिबार १०३ जना निको भएका थिए । शुक्रबार २८५ जना निको भएका थिए । विहिबार २१३ जना निको भएका थिए । बुधबार ६९७ जना निको भएका थिए । ६६.२४ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ८ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo