प्रदेश नं १ मा १४ सङ्क्रमित थप, २२ निको भए

प्रदेश नं १ मा १४ सङ्क्रमित थप, २२ निको भए

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं १ मा शनिबार १४ जना कोभिड–१९ सङ्क्रमित थप भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा नौ, तेह्रथुममा दुई, झापा, इलाम र उदयपुरमा एक–एक जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको मिक्लाजुङ्मा छ, उर्लाबारीमा दुई र बेलबारीमा एक, तेह्रथुमको लालीगुराँसमा दुई, झापाको कमल गाउँपालिकामा एक, इलामको देउमाईमा एक र उदयपुरको बेल्टारमा एक जनामा कोभिड–१९ पोजेटिभ आएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७९० पुगेको छ ।

यसैगरी प्रदेशबाट २२ सङ्क्रमित निको भई घर फर्केका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११, पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङबाट छ र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट पाँच सङ्क्रमित निको भएका छन् ।

निको भई घर फर्कनेहरुमा मोरङका सात, झापा र सुनसरीका छ–छ, उदयपुर, तेह्रथुम र इलामका एक–एक जना रहेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ उपचार केन्द्रबाट निको हुने सबै विराटनगरका रहेका छन् । उनीहरु गत असार २३ गते उपचारार्थ अस्पताल भर्ना भएको केन्द्रका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए । प्रदेशबाट सङ्क्रमित निको भई घर फर्कनेको सङ्ख्या अहिलेसम्म ७०२ पुगेको छ ।रासस

Logo