ताप्लेजुङकी ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग (भिडियोसहित)

ताप्लेजुङकी ब्लड क्यान्सर पीडित बालिकालाई आर्थिक सहयोग (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका उकाली पानीमा बस्दै आएका सन्तोष गुरुङकी २८ महिनाकी छोरी मिक्साङ गुरुङ ब्लड क्यान्सरबाट पीडित छिन् ।

हाल सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएकी उनको बोर्नम्यारो ट्रान्सप्लान्ट गर्ने तयारी भइरहेको छ । तर, त्यसका लागि गुरुङको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले हाल आर्थिक सहयोग संकलन कार्य भइरहेको छ ।

सोही क्रममा ताप्लेजुङ निवासी हाल बैदेशिक रोजगारका लागि मकाउमा बस्दै आएकी गीता मगर शेर्पा लगायतको पहलमा संकलित ५ लाख बढी रकम केन्द्रविन्दु अनलाईनको कार्यालयमा समाजसेवी याङ्जोम शेर्पाको हातबाट बिरामी बालिकाका बुबा गुरुङलाई हस्तान्तरण गरिएको छ । उनलाई सहयोग गर्न चाहनेहरुले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
(santosh gurung, prime comercial bank 02500002PD / siddhartha bank 03415054473 branch taplejung / esewa, 9842743606 ph no 9842743606 / 9815072061)
भिडियो :

Logo