थपिए ५७ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

थपिए ५७ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । आज ५७ जना थपिएका छन् । शुक्रबार १०१ जना थपिएका थिए । विहिबार १६७ जना थपिएका थिए । बुधबार ११६ जना थपिएका थिए । मंगलबार पनि ११६ जना थपिएका थिए । २४ घण्टामा ३ हजार ३३१ जनाको पीसीआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या ११ हजार ६३७ जना पुगेको छ । आज १०३ जना निको भएका छन् । शुक्रबार २८५ जना निको भएका थिए । विहिबार २१३ जना निको भएका थिए । बुधबार ६९७ जना निको भएका थिए । मंगलबार ३४ जना निको भएका थिए । सोमबार १,७०५ जना निको भएका थिए । ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । शुक्रबार राजविराज नगरपालिका १ का ७३ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo