आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

आज थप एक जनासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३ बर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । डाइविटिज र मुटुको दीर्घरोगी ति वृद्ध असार ३१ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–१ का स्थानीय हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

अहिले ५ हजार ८ सय ७१ जना देशका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार १ सय १ जना नयाँ संक्रमित थपिँदा २ सय ८५ जना डिस्चार्ज भएका छन् । आजसम्म नेपालमा १७ हजार ४ सय ४५ कोरोना संक्रमित मध्ये ११ हजार ५ सय ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । पीसीआर विधिबाट शुक्रबार ४ हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख ३ हजार ८ सय १० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । क्वारेन्टिनहरुमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।

Logo