थपिए १०१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,४४५ पुग्यो

थपिए १०१ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,४४५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । आज १०१ जना थपिएका छन् । विहिबार १६७ जना थपिएका थिए । बुधबार ११६ जना थपिएका थिए । मंगलबार पनि ११६ जना थपिएका थिए । सोमबार १४४ जना थपिएका थिए । २४ घण्टामा ४ हजार ६८८ जनाको पीसीआर परिक्षण गरिएको छ । अब सक्रिय संक्रमितको संख्या ५,८७१ जना रहेको छ ।

यस्तै निको हुनेको संख्या ११ हजार ५३४ जना पुगेको छ । आज २८५ जना निको भएका छन् । विहिबार २१३ जना निको भएका थिए । बुधबार ६९७ जना निको भएका थिए । मंगलबार ३४ जना निको भएका थिए । सोमबार १,७०५ जना निको भएका थिए । ६६.१२ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज राजविराज नगरपालिका १ का ७३ वर्षिय पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।
नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo