काठमाडौं उपत्यकामा आज ७ जना संक्रमित थपिए, कूल संख्या कति ?

काठमाडौं उपत्यकामा आज ७ जना संक्रमित थपिए, कूल संख्या कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ७ जना संक्रमित थपिएका छन् । काठमाडौंका ७ जनामा कोरोना संक्रमण भएको हो । योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या अब ३६५ पुगको छ।

हालसम्म काठमाडौं जिल्लामा २४४ जना, ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार १ सय १३ जना उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन् । बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छन् । आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

Logo