थपिए ११६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

थपिए ११६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । आज ११६ जना थपिएका छन् । मंगलबार पनि ११६ जना थपिएका थिए । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । ५ हजार ९० जनाको २४ घण्टामा पीसीआर टेस्ट गरिएको थियो ।

यस्तै निको हुनेको संख्या ११ हजार २५ जना पुगेको छ । आज  ६९७ जना निको भएका छन् । मंगलबार ३४ जना निको भएका थिए । सोमबार १,७०५ जना निको भएका थिए । आइतबार १४७ जना निको भएका थिए । शनिबार ४३१ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ३९ पुगेको छ । आज रौतहटका एक ३२ वर्षिय युवकको मृत्यु भएको छ ।  नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo