काठमाडौं उपत्यकामा आज २ जना संक्रमित थपिए, कूल संख्या ३५८

काठमाडौं उपत्यकामा आज २ जना संक्रमित थपिए, कूल संख्या ३५८

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यस्तै ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आजसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरीका विभिन्न क्वारेन्टिनहरुमा २४ हजार ७ सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ । आज थप २ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा २३७ जना, ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Logo