अछाममा २५८ जनाले कोरोना जिते, कूल संक्रमित ६०९

अछाममा २५८ जनाले कोरोना जिते, कूल संक्रमित ६०९

केन्द्रबिन्दु
0
Shares

अछाम ।
अछाममा २ सय ५८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय अछामका अनुसार सोमबारसम्म २ सय ५८ जनाले कोरोना जितेका हुन् ।

ढकारी गाउँपालिकामा एक जना संक्रमित थपिएसँगै अछाममा कोरोना संक्रमितको संख्या ६ सय ९ पुगेको छ । साँफेबगर नगरपालिकामा १ सय ५२ जना कोरोना संक्रमित रहेकोमा ७१ जनालाई कोरोना निको भएको छ। रामारोशन गाउँपालिकामा १ सय ४ जना संक्रमित रहेकोमा २ जनालाई कोरोना निको भएको छ भने एक जनाको मृत्यु भइसकेको छ।

मेल्लेख गाउँपालिकामा १ सय १ जना संक्रमितमध्ये ६४ जनाले कोरोनालाई जितेका छन् । मंगलसेन नगरपालिकामा ६९ जना, बान्नीगढी जयगढ गाउँपालिकामा ३५, चौरपाटी गाउँपालिकामा ५१ जना संक्रमित रहेकोमा ४९ जना निको भएर घर फर्किएका छन् ।

यस्तै ढकारी गाउँपालिका २९ जना सक्रमितमध्ये २८ जनालाई कोरोना निको भएको छ। कमलबजार नगरपालिकाका २५ जना निको भएका छन्। पञ्चदेवल बिनायक नगरपालिकाका ३, तुर्माखादका १ जनाले कोरोना जित्न सफल भएका स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।अन्नपूर्णबाट

Logo