थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत नै ‘सील’ गरियो

थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत नै ‘सील’ गरियो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत कक्ष सील गरिएको जिप्रका सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । “हिरासतमा राखिएका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदालतको आदेश अनुसारअअसार २० गते परीक्षणका लागि उनको स्वाब सङ्कलन गरिएको थियो,” प्रहरी नायब उपरीक्षक घर्तीले भने, “तर ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भयो । यो सूचना पाउने बित्तिकै हिरासत कक्ष सील गरेका छौँ ।”

उनका अनुसार ती युवकसहित छ जनाको परीक्षण गरिएको थियो र कोरोना पुष्टि भए पश्चात् युवकलाई स्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा आइसोलेशनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त र प्रहरीसहित २२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।रासस

Logo