काभ्रेको मण्डनदेउपुर र पाँचखालका २ युवामा कोरोना पुष्टि

काभ्रेको मण्डनदेउपुर र पाँचखालका २ युवामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

आज काभ्रेको पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा एक, एक जनामा कोरोना भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचखाल नगरपालिका वडा नं १० र मण्डनदेउपुर ९ का युवामा कोरोना देखिएको हो ।

पाँचखालका संक्रमित असार ८ गते साउदीबाट आएका थिए भने मण्डनदेउपुरका युवा पनि साउदीबाटै आएर नगरपालिकाको क्वारेन्टाईनमा बसिरहेका थिए ।

पाँचखालका संक्रमित २३ बर्षिय पुरुष हुन् भने मण्डनदेउपुरका संक्रमित २७ बर्षिय पुरुष हुन् । संक्रमित दुवै जनालाई काठमाडौंको टेकु अस्पताल पठाइएको छ ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । जस मध्ये १० जना निको भएका छन् ।

Logo