काठमाडौं उपत्यकामा आज ९ जना नयाँ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९ जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना छन् । यो सँगै अब उपत्यकामा ३५६ संक्रमित पुगेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । आज १४४ जना थपिएका छन् । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १० हजार ३३९ जना पुगेको छ । आज १,७५० जना निको भएका छन् । आइतबार १४७ जना निको भएका थिए । शनिबार ४३१ जना निको भएका थिए । शुक्रबार १२० जना निको भएका थिए । विहिबार १३९ जना निको भएका थिए ।
अब ६ हजार ६१३ निको हुन बाँकी छ ।

यस्तै मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo