थपिए ८२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,८०१ पुग्यो

थपिए ८२ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,८०१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । आज ८२ जना थपिएका छन् । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या ८ हजार ५८९ जना पुगेको छ । आज १४७ जना निको भएका छन् । शनिबार ४३१ जना निको भएका थिए । शुक्रबार १२० जना निको भएका थिए । विहिबार १३९ जना निको भएका थिए । बुधबार २५३ जना निको भएका थिए । यो कूल संक्रमितको ५१.१ प्रतिशत हो ।

यस्तै मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo