कोरोनाका कारण एकै दिन ३ जनाको मृत्यु, कूल संख्या ३८ पुग्यो

कोरोनाका कारण एकै दिन ३ जनाको मृत्यु, कूल संख्या ३८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा एकैदिन ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । आज ७० जना थपिएका छन् । शुक्रबार ११८ जना थपिएका थिए । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या ८ हजार ४४२ जना पुगेको छ । आज ४३१ जना निको भएका छन् । शुक्रबार १२० जना निको भएका थिए । विहिबार १३९ जना निको भएका थिए । बुधबार २५३ जना निको भएका थिए । यो कूल संक्रमितको ५०.५ प्रतिशत हो ।

नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo