काभ्रेमा कोरोना संक्रमितको संख्या १८ पुग्यो, मास्क नलगाउने ४१९ जना कार्वाहीमा

काभ्रेमा कोरोना संक्रमितको संख्या १८ पुग्यो, मास्क नलगाउने ४१९ जना कार्वाहीमा

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

जिल्लाका विभिन्न भागमा मास्क नलगाउने ४१९ जनालाई कार्वाही गरिएको छ । कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि पनि सरकारको न्यूनतम् मापदण्डसमेत पालना नगरेको जनाउँदै मास्क नलगाउने ४१९ जनालाई नियन्त्रणमा लिई छोडिएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले शुक्रबार मास्क नलगाई काभ्रेपलाञ्चोकको विभिन्न सार्वजनिक स्थलमा हिड्ने २३९ पुरुष र १८० महिलालाई नियन्त्रणमा लिई प्रहरीद्वारा सम्झाइबुझाई छोडिएको जनाएको छ । पोष्ट संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने तथा वित्तीय संस्था एवं व्यापारिक संस्थामा सामाजिक दूरी कायम भए नभएकोबारे अनुगमन भइरहेको बताए।

यसैबीच, शुक्रबार काभ्रेपलाञ्चोकका चार पुरुष र दुई महिलामा कोरोना भाइरस पुष्टी भएको पोष्टले जनाएको छ । यसअघि जिल्लाका १२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । अब कूल संख्या १८ पुगेको छ । तीमध्ये सात जना उपचारपछि घर फर्किएका छन् । पोष्टका अनुसार हाल विभिन्न स्थानीय तहका क्वारेन्टिनमा विदेशबाट आएका १४२ तथा आइसोलेसनमा दुई जना रहेका छन् ।

Logo