उपत्यकामा कोरोना सङ्क्रमितको संख्या २९० पुग्यो, २४ घण्टामा थपिए २३ जना

उपत्यकामा कोरोना सङ्क्रमितको संख्या २९० पुग्यो, २४ घण्टामा थपिए २३ जना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । भक्तपुरमा भने संक्रमित देखिएका छैनन् ।

हाल सम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा २९० जना संक्रमित पुष्टि भएको छ । जस मध्ये काठमाडौंमा १९९, ललितपुरमा ४८ र भक्तपुरमा ४३ जना रहेका छन् ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Logo