आज काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा हाल सम्म २९० जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १९१ काठमाडौंका, ४८ ललितपुर र ४३ जना भक्तपुरका छन् । बुधबार नेपालका विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।

सरकारले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बापत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च बेहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठाउन आग्रह गरेको हो ।

Logo